प्रशासनिक भवन विश्वविद्यालय स्थापना भएको एक दशकपछि मात्रै निर्माण

प्रशासनिक भवन विश्वविद्यालय स्थापना भएको एक दशकपछि मात्रै निर्माण

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको प्रशासनिक भवन निर्माण कार्य पूरा भएको छ । भीमदत्त नगरपालिका–१८ सालघारीमा विश्वविद्यालय स्थापना भएको एक दशकपछि प्रशासनिक भवन निर्माण गरिएको हो ।

बुधवार नवनिर्मित भवनमा पूजापाठपश्चात कार्यालय सञ्चालनमा ल्याइएको छ । विसं २०६७ मा स्थापना भएको विश्वविद्यालय भवनको अभावमा यसअघि भाडाका घरमा सञ्चालन हुँदै आएको थियो ।

नवनिर्मित भवनमा ३५ कोठा र दुई बैठक कक्ष रहेका छन् । भवन रु १३ करोडको लागतमा निर्माण गरिएको छ । विश्वविद्यालयका रजिष्ट्रार डा गोविन्द विष्टले प्रशासनिक भवन निर्माण भएपछि दैनिक कामकाज नयाँ भवनबाट शुरु गरिएको बताए ।

विश्वविद्यालय स्थापना भए पनि आफनै भवन थिएन, उनले भने, “मासिकरूपमा रु ६५ हजार घरभाडा तिरेर प्रशासनिक कार्यसञ्चालन गर्दै आएका थियौँ । विश्वविद्यालयको आफ्नै भवन भएपछि कामकाज गर्न निकै सहज हुने भएको छ ।” विश्वविद्यालयका उपकुलपति अम्मरराज जोशीले प्रशासनिक भवन अहिले एक तलाको बनेको भए पनि निकट भविष्यमै तीनतले भवन निर्माण गरिने बताए ।

प्रशासनिक भवनसँगै आवासगृहसमेत बनाउने योजना छ”, उनले भने, “अन्य आवश्यक भौतिक पूर्वाधार विकासको कार्यसमेत शुरु गर्छौँ । तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको १९ बिघा जग्गा विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण गर्नका लागि उपलब्ध गराइएको थियो ।

उत्पादनशील उद्योगका लागि विदेशी श्रमिक ल्याउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अनुमति दिने भएको छ । कोरोना भाइरसका कारण स्वदेशी तथा विदेशी लगानीमा स्थापित उत्पादनशील उद्योगमा श्रमिकको अभाव पूर्ति गर्नका लागि र उपभोग्य वस्तुको उत्पादन र आपूर्तिलाई सहज बनाउन भारत, चीनलगायत अन्य मुलुकबाट सुरक्षितरूपमा विदेशी श्रमिक ल्याउन अनुमति दिनका लागि कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ ।

विदेशी श्रमिक ल्याउने उद्योगले नियमानुसारको ढाँचामा निवेदन दिएमा अनुमति प्रदान गरिने भएको छ । उत्पादशील उद्योगका लागि विदेशी श्रमिक ल्याउनेसम्बन्धी कार्यविधि, २०७७ को अनुसूची १ बमोजिमको ढाँचामा निवेदन दिएमा श्रमिक ल्याउन पाउने प्रमुख जिल्ला अधिकारी रामकुमार महतोद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । श्रमिक ल्याउने उद्योगले निवदेनसाथ उद्योग दर्ताको प्रतिलिपि, स्वदेशी वा विदेशी लगानी खुल्ने कागजात, प्रचलित कानूनबमोजिम कर चुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने छ ।

साथै विदेशबाट श्रमिक ल्याउनुपर्ने औचित्यसहित श्रमिक ल्याउने मुलुक, नेपाल प्रवेश गर्ने विन्दु र उक्त श्रमिक बस्ने स्थानसहितको विवरण, श्रमिक ल्याउने मुलुकअनुसार श्रमिकको नाम र परिचय खुल्ने कागजातसमेत पेश गर्नुपर्ने छ ।

देश