कर्मचारीहरुमा संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन

कर्मचारीहरुमा संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन

काठमाडौं, कात्तिक २६ । बिहीबारका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगन भएको छ । बैठक शुक्रबार सम्मलाई स्थगन भएको हो ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी गरिएको विज्ञप्तीमा कार्तिक २८ गते शुक्रबार दिउँसो १ बजेलाई आवहान गरिएको उल्लेख छ । योसँगै कांग्रेसले पाँचौ पटक केन्द्रीय कार्यसमिति बैठक स्थगन गरेको हो ।

असोज १९ गतेलाई बोलाइएको बैठक केन्द्रीय सदस्य तथा कर्मचारीहरुमा कोरोना संक्रमण भएपश्चात् स्थगन भएको थियो । त्यसयता कोभिड तथा पार्टीभित्रको आन्तरिक विवादका कारण बैठक पटक पटक स्थगन हुँदै आएको छ ।

समाचार