कोरोना संक्रमितको संख्या नेपालमा दुई लाख नाघ्यो

कोरोना संक्रमितको संख्या नेपालमा दुई लाख नाघ्यो

काठमाडौं, कात्तिक २६ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २५६९ जना कोरोना संक्रमित थपिएको जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा २५६९ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ जना पुगेको छ । २४ घण्टामा १०हजार ८१ जनाको पीसीआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई १६६६ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या १ लाख ६२ हजार २४३ पुगेको छ । पछिल्लो २४ घण्टामा २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११७४ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२६१ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ९७६, ललितपुरमा २०४ र भक्तपुरमा ८१ जना संक्रमित थपिएका छन् । सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ पुगेको छ ।

समाचार