सुन्दर यातायातका अध्यक्ष थापा एक करोड रुपैयाँको चेक बाउन्स आरोपमा पक्राउ

काठमाण्डौ – चेक बाउन्सको आरोपमा सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।

एक करोड रुपैयाँको चेक बाउन्सको आरोपमा झविन्द्र बञ्जाडेले दिएको उजुरीको आधारमा थापालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता सोमेन्द्रसिंह राठोरले जानकारी दिनुभयो ।

थापाले एक करोड रुपैयाँको चेक दिए पनि उहाँको खातामा पैसा नै नरहेको भन्दै बञ्जाडेले एक महिनाअघि परिसरमा निवेदन दिनुभएको थियो ।

पक्राउ परेका सुन्दर यातायातका प्रमुख थापालाई अहिले महानगरीय प्रहरी परिसर टेकुमा राखेर अनुसन्धान भइरहेको छ ।

About admin

Check Also

पीसीआर परीक्षणका लागि निःशुल्क सिफारिस बनाएर रकम असुल्ने पक्राउ

बाँके – नेपालगञ्जमा रहेकाे भेरी अस्पतालमा पीसीआर परीक्षणका लागि निःशुल्क सिफारिस बनाएर रकम असुल हुने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *