किजा पूजाकाे अवसरमा भाइटीकाकाे भाेलिपल्ट सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

काठमाण्डौ – सरकारले भाइटीकाको भोलिपल्ट किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को गएको २४ गतेको बैठकले किजा पूजाको अवसरमा मङ्सिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति निकालेर किजा पूजाका लागि सार्वजनिक बिदा दिइएकाले यो दिन सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घ–संस्था र शिक्षण संस्थामा बिदा हुने जनाएको छ ।

नेवाः समूदायले काग तिहार र कुकुर तिहारसँगै लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजा भनी भाइटीका मनाउँदै आएका छन् ।

About admin

Check Also

काेराेना नियन्त्रणमा चार महिनामा छ अर्बभन्दा धेरै खर्च भएकाे सरकारकाे भनाई

काठमाण्डाै – सरकारले कोरोना महामारी नियन्त्रणका लागि गएको चार महिनामा ६ अर्ब ८१ करोड ५९ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *